सन्दीप लामिछानेलाई कोरोना संक्रमण

December 28, 20207:20 am

यसबारे उनले ट्वीट गर्दै आफूलाई सामान्य लक्षण देखिएको बताएका छन् । रिपोर्ट पोजिटिभ आएपछि उनी होम आइसोलसनमै बसेका छन् ।

बिहीबारदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु हुँदैछ । यसअघि गत मंगलबाट १६ खेलाडीको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनीहरूमा कुनै लक्षण नदेखिएपछि सिटी भ्यालु हेरेर शुक्रबार पुनः परीक्षण गर्दा तीनै जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।